FLASH NEWS
  • Loading...

‘सरकारसँग विमतिका विषयहरुमा चुप लागेर बस्दैनौँ’ : महामन्त्री शर्मा

  • बागमती दैनिक
  • ४ महिना अघि
  • ९३ पटक पढिएको
‘सरकारसँग विमतिका विषयहरुमा चुप लागेर बस्दैनौँ’ : महामन्त्री शर्मा

साउन २६, काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरुमा चुप लागेर बस्न नसकिने टिप्पणी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

महामन्त्री शर्माले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतीका विषय बाहिर ल्याउने गरेको पनि स्पष्ट पारे ।

कांग्रेस र एमालेबिच विमतिका विषयमा थाँती राखेर अघि बढ्नका लागि यो गठबन्धन नबनेको उनको भनाई थियो । महामन्त्री शर्माले विमतिका विषयमा प्रधानमन्त्री ओलीलाई महसुस होला भनेर कांग्रेसले सोच्ने र एमालेले पनि शेरबहादुर देउवालाई महशुस होला भनेर सोच्ने हो भने त्यसको कुनै अर्थ नहुने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित