- Loading...
हैजा संक्रमितको संख्या ४७ पुग्यो, ललितपुरमा धेरै
- बागमती दैनिक
- ४ महिना अघि
- १०० पटक पढिएको
साउन २६, काठमाडौँ । उपत्यकाका दुईसहित देशका पाँच जिल्लामा हैजा फैलिएको छ । साउन महिनायता मात्रै यी पाँच जिल्लामा ४७ जनामा हैजा पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीले जनाएको छ ।
महाशाखाका अनुसार यस सिजनमा सबैभन्दा बढी ललितपरमा ३४ जनामा संक्रमण देखिएको हो । त्यसपछि कैलालीमा आठ, काठमाडौं र प्युठानमा समान २(२ र रुपन्देहीमा १ जनामा संक्रमण देखिएको हो ।
महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले पछिल्लो ४८ घण्टामा ललितपुरमा ७ जना, काठमाडौं र रुपन्देहीमा एक(एकजना गरी कुल ९ जनामा हैजा देखिएको बताए। उनले कुल ४७ संक्रमितमध्ये ललितपुरका ३ जना मात्रै अस्पतालमा रहेको समेत जानकारी दिए। इडिसिडीले यो सिजनमा अहिलेसम्म हैजाबाट कसैको ज्यान नगएको समेत स्पष्ट पारेको छ ।
यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा रोग रोकथामका लागि १११५ निस्शुल्क हटलाइन सेवा सञ्चालनमा ल्याएको बताएको छ । एउटै टोलमा एक साताभित्र ५ जना भन्दा बढी झाडा पखालाका बिरामीहरु देखा परेमा इडिसिडीको टोल फ्री नम्बर १११५ समा सम्पर्क गर्न भनेको छ ।