FLASH NEWS
  • Loading...

एक सातापछि प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • बागमती दैनिक
  • ४ महिना अघि
  • ११३ पटक पढिएको
एक सातापछि प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

|प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड' प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपालको संविधानको धारा धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त नभएपछि नेपाली कांग्रेस तथा नेकपा (एमाले)का सांसदहरू टेवुल थाेक्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस

साउन २९, काठमाण्डौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । एक सातापछि बस्न लागेको बैठक दिउँसो १ बजे बस्ने छ ।
प्रतिनिधिसभा बैठक यसअघि साउन २१ बसेको थियो ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा छ । सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित