FLASH NEWS
  • Loading...

नक्कली भुटानी शरणार्थी प्रकरण- बेचन झा जेल चलान

  • बागमती दैनिक
  • ४ महिना अघि
  • १०३ पटक पढिएको
नक्कली भुटानी शरणार्थी प्रकरण- बेचन झा जेल चलान
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बिचौलिया बेचन झा जेल चलान भएका छन् । उनले शरणार्थीसम्बन्धी संगठित अपराधमा उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच समन्वय गरेको आरोप रहेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई आज जेल पठाउने आदेश दिएको हो । उनीविरुद्ध संगठित अपराध, राज्यविरुद्धको अपराध, ठगी र लिखत कीर्ते मुद्दा दायर भएको थियो । चार दिन थुनछेक बहसपछि उनलाई थुनामा राख्ने आदेश भएको हो ।

प्रहरीका अनुसार तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग झाले भेट गराइदिएर सम्बन्ध बनाएर काम गरेका थिए । हाल पुर्पक्षका लागि थुनामा रहेका पाण्डेले लिखित बयानमा यसबारे बोलेका थिए ।

कांग्रेसका उच्च नेताहरूसँग झाको निकटस्थ सम्बन्ध रहेको सूचना भए इन्कारी बयान दिएकाले प्रहरीले यसबारे थप अनुसन्धान गर्न सकेको छैन । उनले भुटानी शरणार्थीको विषयमा केही पनि थाहा नभएको दाबी गरिरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित