FLASH NEWS
  • Loading...

परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने

आरजुकाे भ्रमण टाेलीमा आमा, भाइ, छोरा र बुहारीको लस्कर,
  • बागमती दैनिक
  • ४ महिना अघि
  • १३९ पटक पढिएको
परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भेटवार्ता हुने भएको छ । राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा छिन् । परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।  आइतबार नयाँदिल्ली पुगेकी मन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान डेस्क प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरे । भ्रमणका क्रममा मन्त्री राणाले भारतीय समकक्षी विदेशमन्त्री जयशंकरसँग सोमबार दिउँसो भेटवार्ता हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ,’ मन्त्रालयले उल्लेख गरेको छ । मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले आइतबार बेलुकी नेपाली दूतावास बाह्रखम्बामा रात्रिभोज आयोजना गरेका छन् । उनको यो भ्रमण नेपाल–भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको मन्त्रालयले जनाएको छ ।  मन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन् ।  त्यसबाहेक राणाले परिवारका सदस्यहरूको दलबलकाे लाम लगाएर दिल्ली घुमेकाे खुलेको छ। भारतीय समकक्षी एस जयशंकरको औपचारिक भ्रमणमा गएकी परराष्ट्रमन्त्री राणासँगमा छोरा, बुहारी, भाइ, आमालगायतका सदस्य पनि रहेका छन्।  स्रोतका अनुसार, परराष्ट्रमन्त्री राणाका छोरा जयवीर सिंह देउवा, बुहारी शिवाना श्रेष्ठ, भाइ भूषण राणा, आमा प्रतिभा राणा र अन्य पारिवारिक सदस्य पनि नयाँ दिल्लीमा छन्।  मन्त्री राणालाई नयाँ दिल्लीमा रहँदा भारत सरकारले नै सरकारी गाडीसहितको सुरक्षा उपलब्ध गराएको छ। राणालाई स्वागत गर्न भारत सरकारले डीएल ३ सीसीवाई ००८ नम्बरको मर्सिडिज बुलेड प्रुफ कार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पठाएको थियो।  राणा भदौ ६ मा स्वदेश फर्कनेछिन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित