- Loading...
जनै र डोरा किन लगाउने ?
- बागमती दैनिक
- ४ महिना अघि
- १६५ पटक पढिएको
- भोलानाथ घिमिरे
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी पर्वको अलग्गै महत्त्व छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । घर घरमा पनि पूजा आराधना गरेर रक्षा बन्धन गर्छन् । वास्तवमा जनै लगाउने नलगाउने जोसुकैको लागि जनै पूर्णिमा भन्ने गरिन्छ । तर नेवार समुदायले जनै पूर्णिमा भन्दैनन् । उनीहरूले विशेष गरी क्वाँटी पूर्णिमा भन्छन् ।
कुरा यत्ति हो हामीले जनै सधैँ लगाउनुपर्छ । ऋषिको पूजा गर्दा दाँयापट्टी र पितृको पूजा गर्दा बायाँ पट्टी लगाउनुपर्छ । जनै पूर्णिमामा बाँधेको डोर लक्ष्मी पूजाको दिन गाईको पुच्छरमा बाँध्ने चलन छ । ऋषिहरूले के पत्ता लगाएको थियो भने गाइभन्दा असल प्राणी मनुष्यको लागि कोही पनि छैन भन्ने हिसाबले नै गाईको पुच्छरमा बाँध्नु भनेको हो । जसका कारण हामी स्वर्ग पुग्छौ, गाईले स्वर्ग लान्छ भन्ने मान्यता छ ।
- तुलसी भारद्वाज निरौला
जनै लगाउने र नलगाउनेबिच केही भिन्नता हुन्छ । जनै लगाउने तागाधारीहरू र नलगाउनेहरूको खानपान एकदमै फरक हुन्छ । जनै लगाउनेहरूमा कब्जियतका सङ्केतहरू बढी हुन्छन् । पुरुषहरूको भित्री आँखामा जनै पूर्णिमाको महत्वलाई नबुझेर अहिले आपराधिक घटना बढेको छन् । जनै लगाउने भनेको उपनयन गरेपछि हो । उपनयन भनेको भित्री आँखा हो । भित्री आँखा भनेको यो गर्न हुने–नहुने भन्ने छुट्याउनु हो ।
जनै फेर्ने भनेर जनै शब्द आयो । पूर्णिमा तिथिमा मनाउने पर्व भएको भएर पूर्णिमा भन्ने शब्द आयो । यसमा पनि रक्षा बन्धन, रक्षा सूत्र भन्ने हुन्छ । रक्षा सूत्र धार्मिक पद्धति हो । रक्षा सूत्रसँग रक्षा बन्धन जोडिने भएकाले यसको विशिष्ट मान्यता छ । पौराणिक कालसँग जोडेर हेर्ने हो भने इन्द्र इन्द्रायणी, वृहस्पति ग्रहले रक्षा सूत्रलाई जगाएर इन्द्रायणीमार्फत अलग्गै व्याख्या गरेको छ । इन्द्र लगाएर युद्ध जितेको हुनाले श्रीमतीलाई रक्षा सूत्र लगाएर काममा पठाउने भन्ने अर्थमा रहेको मानिन्छ । पछिल्लो समय यमुना यमराजसँग जोडिएर बहिनीले दाजुलाई दाजुले बहिनीलाई रक्षा सूत्र लगाएपछि यसले राम्रो गर्छ भन्ने धार्मिक मान्यता छ ।
कतिपय अवस्थामा विश्वासको कुरा पनि हुन्छ । म रक्षा सूत्रमा बाँधिएको छु, म युद्ध लड्न योग्य छु भन्ने विश्वास हुन्छ । रक्षा सूत्रले राम्रो गर्छ भन्ने आत्मबल पनि बढाउँछ । मैले रक्षा बन्धन बाँधेको छु, म सुरक्षित छु भन्ने आत्मबल बढ्छ । र हाम्रो पहिचान पनि हो यो । हामी हिन्दु भनेर भन्छौँ तर यसो हेर्दा पनि पहिचान चाहिँ केही पनि छैन ।
अहिले रक्षाबन्धनको समयमा घरमा बेसारले भिजाएको डोरो भन्दा बजारबाट किनेर ल्याए सजिलो हुन्छ भनेर सजिलोको लागि बजारबाट किनेको राखीको प्रयोग गरिन्छ । तर त्यो बजारबाट ल्याएको राखिलाई पनि विधि पुर्याएर मन्त्र पढेर लगाउने हो भने राम्रो हुन्छ ।
हुन त सनातनकै पद्धति हो । यमुनाले यमराजलाई लगाएको भनेर सुरु भएको हो । सबै धार्मिक पद्धति नै हो तर कतिपय पद्धतिहरू कुनै ठाउँमा धेरै मानिन्छ कुनै ठाउँमा मानिदैँन । नेपालको कुरा गर्ने हो भने बाहुनले घर घरमा आएर डोरो बान्ने चलन बढी थियो, अहिले पछिल्लो समयमा राखी बान्ने भारतबाट चलन आएको छ । यसलाई त्यति ठुलो विकृति भन्न मिल्दैन । डोरो बान्ने चलन वर्तमान समयमा आएर राखीमा परिणत भएको हो ।
जनैपूर्णिमाको दिन क्वाँटी खाने चलन पनि छ । नेपाल कृषिप्रधान देश हो, यहाँ दिनभर काम गरेर हाम्रो शरीर कमजोर भएको हुन्छ । क्वाँटीमा धेरै थरीका गेडागुडी भएकाले प्रोटिनहरू बढी हुन्छ । त्यसले हाम्रो शरीरमा ऊर्जा जगाउने काम गर्छ । असार, साउनका काम गरेको सबै थकान कम गर्नको लागि पनि क्वाँटी खानु राम्रो हुन्छ । यो एकदमै राम्रो पद्धति हो । जनैपूर्णिमा मात्र होइन, हामीले मान्ने सबै प्रकारको चाडपर्वमा राम्रा वैज्ञानिक आधारसहितका पद्धतिहरू रहेका छन् । राताेपाटी डटकमबाट ।