FLASH NEWS
- Loading...
राजधानी छिर्ने मुख्य नाकाको मुखैमा पहिरो (तस्बिरहरू)
- बागमती दैनिक
- ३ महिना अघि
- ५४ पटक पढिएको
काठमाडौं- काठमाडौंको मुख्य नाका नागढुंगानजिकै पहिरो झरेपछि राजमार्ग पूरै अवरुद्ध भएको छ ।
बुधबार बिहान १० बजेदेखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्गमा यातायात आवगमन पूरै बन्द भएको हो ।
महानगरीय प्रहरी बृत्त नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन । ढुंगा खसिरहेकोले काठमाडौं-नागढुंगा सडक दुईतर्फी बन्द गरिएको उनले जानकारी दिए ।
पहिरो पन्छाउन दुवैतर्फबाट डोजर तयार गरिए पनि पहिरो निरन्तर झरिरहेकाले सडक खुलाउन सकिएको छैन। ‘ढुंगा खस्ने क्रम रोकिएपछि मात्रै पहिरो पन्छाउने काम शुरू हुनेछ’, थपलियाले भने ।
प्रतिक्रिया दिनुहोस