FLASH NEWS
  • Loading...

‘रवि लामिछानेलाई ठग र अपराधी प्रमाणित गर्न सक्छु’ : मुकुल ढकाल

  • बागमती दैनिक
  • ४ महिना अघि
  • ५९ पटक पढिएको
‘रवि लामिछानेलाई ठग र अपराधी प्रमाणित गर्न सक्छु’ : मुकुल ढकाल

भाद्र ७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री डा मुकुल ढकाल सभापतिविरुद्ध खरो रूपमा उत्रिएका छन् । दोस्रो पटक सोधिएको स्पष्टीकरणको जवाफ फर्काउँदै मुकुलले सभापति रवि लामिछानेमाथि प्रश्न बर्साएका छन् ।

डा। ढकालले सभापतिलाई जस्तो ठग, भ्रष्ट र अपराधी भएको आरोप लगाउँदै उनको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्ने बताएका छन् । ‘तपाई ठग, भ्रष्ट्राचारी र राहदानी दुरुपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु । कारबाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नु हुन्छ भने मलाई गलत साबित गर्नुहोस्,म उनले भनेका छन्, ‘तपाईको कुकर्मको पर्दाफास गर्नु पार्टीविरुद्ध लाग्नु होइन, यो पार्टी हितमा हो । राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सीमित हुँदैन । तपाई जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु ।’

रास्वपा सभापति लामिछानेकै कारण नेपाली माटोमा नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको उनको तर्क छ । ‘आफू ठगी, भ्रष्ट्राचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाई दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ रु आम पार्टी सदस्य एवं नेता गणका राजनीतिक भविष्यलाई तपाईले कसरी आफ्नो निहित स्वार्थका लागी प्रयोग गरिरहनु भएको छ, म त छर्लङ्गै छु र पार्टीमा तपाईले गरेको कु–कर्मको पर्दाफास गर्न पार्टीको संस्थापकको हैसियतले मेरो कर्तव्य हो ।’

उनले अगाडि भनेका छन्, ‘आफ्नो वाक कलाको आधारमा जनतालाई भ्रमित पार्दै हुनुहुन्छ, र प्रश्न गर्नेलाई कारबाहीको डन्डा चलाउने दुस्साहस गर्दै हुनुहुन्छ । यसले नेपाली माटोमा नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको छ । आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने प्रयास जुन गर्नु हुँदै छ, यसको परिणाम स्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन् ।’

उनले ठग, भ्रष्ट र अपराधीको पञ्जाबाट पार्टीलाई जोगाउन गरिएको आफूले लडाइँ सुरु गरेका तर्क गरे । ‘पार्टीलाई स्वार्थको झुण्डबाट बचाउन मैले केही कदमहरू चालेकै हो, त्यो कदमलाई तपाईले पार्टीको हित विपरीत भन्न सरासर गलत हो,’ उनले भने, ‘यसलाई विषयान्तरको रूपमा नबुझियोस् , यो त तपाई जस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई जोगाउन गरिएको लडाइँ हो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित