FLASH NEWS
  • Loading...

कालीमाटी बजारमा आज तरकारीको मुल्य कति छ ?

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ९३ पटक पढिएको
कालीमाटी बजारमा आज तरकारीको मुल्य कति छ ?

भाद्र १०, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याज महँगिएको छ ।
अघिल्लो दिनको तुलनामा एकैदिन प्याजको भाउ औसत १६ प्रतिशतले बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । अघिल्लो दिन प्रतिकिलो अधिकतम १०५ रुपैयाँमा कारोबार भएको प्याज सोमबार भने १२० रुपैयाँ पुगेको छ ।

कालीमाटीमा हाल स्कुस सबैभन्दा सस्तो भएको छ । स्कुसको सिजन सुरु भएकाले यो तरकारी प्रतिकिलो अधिकतम ३० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा आज परवर, लौका, घिरौंला सस्तिएको छ ।

गाजर अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । समितिका अनुसार सोमबार नेपाली ठूलो गोलभेँडाको भाउ प्रतिकिलो ७० रुपैयाँ छ । रातो आलु ७०, स्थानीय गाजर १००, बन्दा ७०, स्थानीय काउली १००, लाम्चो भन्टा ४०, डल्लो भन्टा ५०, तने बोडी ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित