FLASH NEWS
- Loading...
बङ्गलादेशमा बाढीका कारण एक हप्तामा ५९ जनाको मृत्यु
- बागमती दैनिक
- ३ महिना अघि
- ९४ पटक पढिएको
भाद्र १६, काठमाडौँ । बङ्गलादेशमा यस महिना भएको वर्षा र यसले निम्त्याएको बाढी, डुबान र पहिरोका कारण कम्तीमा ५९ जनाको मृत्यु भएको छ । विपद् व्यवस्थापन तथा राहत मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् प्रतिकार्य समन्वय केन्द्र एनडीआरसीसीले वर्षाकै कारण ठूलो जनधनको क्षति भएको छ ।
केन्द्रले शनिबार सार्वजनिक गरेको पछिल्लो अपडेटमा शनिबारसम्म ४१ जना पुरुष, छ जना महिला र १२ जना बालबालिका गरी ५९ जनाको मृत्यु भएको जनाएको छ । अहिलेसम्म सबैभन्दा बढी बाढी देशको दक्षिणपूर्वी ग्रेटर नोआखाली क्षेत्रमा आएको छ ।
बाढीका कारण बढी मृत्यु दक्षिणपूर्वी नोआखाली, कोमिला र फेनी जिल्लामा भएको छ । पछिल्ला दिनमा उत्तरपूर्वी सिलहट क्षेत्रका पनि वर्षा र बाढीका कारण सामान्य जनजीवन प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस