FLASH NEWS
  • Loading...

‘यो लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन, हामी ०८४ मा राँको बनेर आउँछौ’ : लामिछाने

  • बागमती दैनिक
  • ४ महिना अघि
  • ९७ पटक पढिएको
‘यो लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन, हामी ०८४ मा राँको बनेर आउँछौ’ : लामिछाने

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०८४ मा आफ्नो पार्टी सबैभन्दा माथी आउने बताएका छन् । ‘रविलाई सिध्याउन सके रास्वपा सकिन्छ भन्ने सोचेका होलान्, असम्भव छ। ०७९ मा झिल्को बन्यौँ, ०८४ मा राँको बनेर आउँछौँ ।’

कांग्रेस–एमालेको वर्तमान सत्तागठबन्धनबाट जनताले केही पाउन नसक्ने भन्दै उनले बाँकी तीन वर्ष बाँडीचुँडी खाने मात्र भएको जिकिर गरे । ‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन, परिवर्तन केही हुनेछैन,’ उनले भने, ‘हदै भए, बाँकी तीन वर्ष बाँडीचुँडी खानुहोला, ०८४ मा त घण्टी बज्छ–बज्छ ।’ उनले सहकारी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित