FLASH NEWS
- Loading...
वर्तमान गठबन्धन बिचौलिया र भ्रष्टहरुको सरकार हो : अध्यक्ष दाहाल
- बागमती दैनिक
- ३ महिना अघि
- १०६ पटक पढिएको
भाद्र १६, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार बिचौलियाको सरकार भएको आरोप लगाएका छन् । अध्यक्ष दाहालले वर्तमान सरकार कांग्रेस र एमालेको नभई बाहिरको शक्तिबाट बनेको बताए ।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका थिए । माओवादी अध्यक्ष दाहालले पार्टीको नेतृत्व टिको लगाएर दिने र लिने पद नभएको बताए । पार्टी नेतृत्व आन्दोलन, इतिहासको मूल्यांकनबाट तय गरिने कुरा उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस