FLASH NEWS
  • Loading...

यो साल दशैंमा नयाँ नोट नपाइने, नयाँ नोटको चलन कस्ले ल्यायो ?

  • बागमती दैनिक
  • ३ महिना अघि
  • १०१ पटक पढिएको
यो साल दशैंमा नयाँ नोट नपाइने, नयाँ नोटको चलन कस्ले ल्यायो ?

भाद्र १६, काठमाडौँ । विगतका वर्षमा जस्तो यो साल दशैंमा नयाँ नोट नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले यो वर्ष नयाँ नोट वितरण नगर्ने भएको हो ।
केन्द्रीय बैंकले लामो समयदेखि दशैंको मौसममा नयाँ नोट वितरण गर्दै आएको थियो । यस्ता नयाँ नोटहरू कहिलेदेखि वितरण गर्न थालिएको हो भन्नेबारे केन्द्रीय बैंकसँग पनि कुनै आधिकारिक प्रमाण भेटिएको छैन । तर राष्ट्र बैंकका पुराना कर्मचारीहरूले केन्द्रीय बैंकको स्थापना गरेका तत्कालिन राजा महेन्द्रले यस्ता सुविधा दिन लगाएको बताउँछन् ।

राजा महेन्द्रले नेपालमा हिन्दु धर्मको प्रबर्द्धनका निम्ति थुप्रै काम गरेका थिए । यसमा शक्तिको पूजा गर्ने पर्व दशैंलाई बढी महत्व दिइएको थियो । नेपाली सेना र राजशाह मात्र होइन, राणा कालमा पनि महाकालीको आरधनालाई बढी महत्व दिएको थियो ।

यसरी दशैंलाई बढी महत्व दिने शिलसिलामै दशैंको बखत सबैभन्दा लामो सार्वजनिक विदा दिने र दशैंमा कर्मचारीलाई एक महिनाको तलब बराबर अतिरिक्त भत्ता दिने क्रम पनि सुरू गरियो । यस्तै एक इनिसियटिभको रूपमा दशैंमा नयाँ नोट सटहीको सुविधा दिईएको राष्ट्र बैंकका पुराना अधिकारीहरू बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित