FLASH NEWS
- Loading...
आजको शेयर बजार खस्कियो, नेप्से परिससूचक ५३.६३ अंकले गिरावट
- बागमती दैनिक
- ३ महिना अघि
- ७३ पटक पढिएको
भाद्र १६, काठमाडौँ । सेयर बजारको ओरालो यात्रा जारी रहेको छ । साताको पहिलो दिन आइतबार नेप्से परसूचक अघिल्लो दिनको तुलनामा ५३.६३ अंक घटेर २६९५.९३ सयमा कायम भएको छ ।
आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १२ अर्ब २४ करोडको कारोबार भएकोमा आज १० अर्ब ५१ करोडमा खुम्चिएको छ । कुल ३१ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो भने ४ को स्थिर रह्यो । म्युचुअल फन्डबाहेक सबै क्षेत्रगत सूचक घटेका छन् ।
बैंकिङ २.३४, विकास बैंक १.८५, फाइनान्स ३.४४, होटल तथा पर्यटन २.९८, हाइड्रोपावर २.४०, लगानी १.३३, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन १.८०, माइक्रोफाइनान्स १.८८, निर्जीवन बीमा १.२३, अन्य १.०४ र व्यापार समूह ०.१९ प्रतिशत घटेका छन् ।
प्रतिक्रिया दिनुहोस