FLASH NEWS
  • Loading...

ऐतिहासिक पदक विजेता पलेशालाई गराइयो नगर परिक्रमा {तस्वीरहरु}

  • बागमती दैनिक
  • ३ महिना अघि
  • १०४ पटक पढिएको
ऐतिहासिक पदक विजेता पलेशालाई गराइयो नगर परिक्रमा {तस्वीरहरु}

|फ्रान्सको पेरिस प्यारालिम्पिक्स अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किँदै गर्दा त्रिभुवन विमानस्थलमा स्वागतपछि नगर परिक्रमा गराइँदै । साथमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ, खेलाडीलगायत । तस्बिर ः हरिराम भेटुवाल / रासस

भाद्र १९, काठमाण्डौँ । पारालिम्पिक्समा ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ । त्रिभुवन विमानस्थलमा ओर्ले लगत्तै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो ।

र्‍याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो । यसअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

फ्रान्सको पेरिस प्यारालिम्पिक्स अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किँदै गर्दा त्रिभुवन विमानस्थलमा स्वागतपछि नगर परिक्रमा गराइँदै । साथमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ, खेलाडीलगायत । तस्बिर ः हरिराम भेटुवाल / रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित