FLASH NEWS
  • Loading...

सेयर बजारमा २५ अंकको गिरावट, कारोबार रकम १० अर्बमा सीमित

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ४५ पटक पढिएको
सेयर बजारमा २५ अंकको गिरावट, कारोबार रकम १० अर्बमा सीमित

भाद्र २३, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०२१.९० विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्ड‍ेक्स ६.६३ अंकले घटेर ४७९.७२ विन्दुमा पुगेको छ ।

दोहोरो अंकले घटेको सेयर बजारमा तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। माहुली लघुवित्त वित्तीय संस्था,सृजनशील लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो ।

यसदिन थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले गुमाए । सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४२ करोड १९ लाख मूल्य बराबरको सेयर कारोबार भयो ।

यसैगरी हाइड्रो इलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनीको ३५ अर्ब मूल्य बराबरको कारोबार हुँदा ग्रीन लाइफ हाइड्रोपावरले ३५ अर्ब,गुडविल फाइनान्सले ३३ करोड र एनएलजी इन्स्योरेन्सले २८ अर्ब मूल्य बराबरको सेयर कारोबार गरे ।

आज ३२८ स्क्रिप्सको २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता सेयर १० अर्ब १२ करोड २४ लाख ८ हजार २४९ मूल्यमा खरिदबिक्री भए । कारोबारमा आएका ८५ स्टक्सको मूल्य बढ्दा १५७ वटाको घट्यो ।

तीन समूहक उपसूचकबाहेक अन्यको सूचक नकारात्मक देखिएका छन् । मनु एण्ड प्रो,माइक्रो फाइनान्स र म्युचुअल फण्डको सेयर बढदा अन्य समूहको उपसूचक घटेको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित