FLASH NEWS
  • Loading...

सेयर बजारमा पहिरो : २२२ कम्पनीको मूल्यमा गिरावट, कारोवार रकम कति पुग्यो ?

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ६९ पटक पढिएको
सेयर बजारमा पहिरो : २२२ कम्पनीको मूल्यमा गिरावट, कारोवार रकम कति पुग्यो ?

भाद्र २४, काठमाडौँ । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ५५ दशमलव ८६ अंकले घटेर २६४६ दशमलव ०३ को विन्दुमा पुगेको छ ।

सोमबार ३२७ कम्पनीका १ लाख ११ हजार ९ सय ८६ पटकको कारोबारमा २ करोड १० लाख ४८ हजार ९ सय ११ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा करोबार रकम ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४ सय २५ रुपैयाँ रहेको छ ।

त्यस्तै, २२२ कम्पनीको सेयर मूल्य घट्दा २२ कम्पनीको बढेको छ । १३ उपसमूहमध्ये जीवन बीमा र निर्जीवन बीमा सर्वाधिक घटेका छन् । हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले झन्डै ९ प्रतिशतका दरले कमाउँदा सीइडीबी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित