- Loading...
दशैंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १५०० खसी बोको ल्याउने
- बागमती दैनिक
- ३ महिना अघि
- ७० पटक पढिएको
भाद्र २५, काठमाण्डौँ । यसवर्षको दशैंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १५०० खसी बोको ल्याउने तयारी गरेको छ ।
गतवर्ष १६५९ वटा खसी बोका ल्याएको कम्पनीले यसवर्ष केही घटाउने तयारी गरेको हो । त्यस्तै कम्पनीले साल्ट ट्रेृडिङ कर्पोरेसनसँगको सहकार्यमा यसवर्ष ६० भन्दा सहुलियत पसल सञ्चालनमा ल्याउने तयारी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रवक्ता शर्मिला सुवेदीले जानकारी दिइन् ।
उनले भनिन्,‘ हामीले औपचारिक निर्णय गरेको छैन,तर असोजको पहिलो साताबाट सहुलियत पसल सुरुवात गर्ने छौं ।’ गत वर्ष साल्ट ट्रेडिङले उपत्यकाको ११ सहित ७३ स्थानमा सहुलियत पसल सञ्चालन गरेको थियो । खाद्य कम्पनीले उपत्यकामा पाँच स्थानमा र उपत्यकाबाहिर १८ स्थानमा गरी कुल २३ वटा स्थानमा सहुलियत पसल सञ्चालन गरेको थियो ।
डिडिसीले उपत्यकाभित्रका चार र उपत्यकाबाहिर ११ गरी १५ वटा सहुलियत पसल सञ्चालन गरेको थियो । अघिल्लो वर्षभन्दा यो वर्ष सहुलियत पसल बढाउने भएको छ । कम्पनीले अघिल्लो वर्ष ४९ वटा स्थानमा राखेको थियो भने यो वर्ष ६१ स्थानमा राख्ने तयारी रहेको कम्पनीले जनाएको छ ।