FLASH NEWS
  • Loading...

आजदेखि आमरण अनशनमा पूर्वमुख्यमन्त्री केदार कार्की

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ११७ पटक पढिएको
आजदेखि आमरण अनशनमा पूर्वमुख्यमन्त्री केदार कार्की

भाद्र २५, काठमाडौँ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन् । आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै कार्की आमरण अनशन बस्ने भएका हुन् ।

उनले गत आइतबार संससबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पठाएको ४८ घन्टे ध्यानाकर्षण पत्रको समय मंगलबार ४ बजेदेखि समाप्त हुने भएकाले घोषणाअनुसार आफू अनशन बस्न लागेको उनले बताए ।

उनले आज अपरान्ह ४ बजेदेखि अनशन सुरु गर्ने बताए । कार्कीले भने– ‘मेरो माग पूरा गर्न मुख्यमन्त्री उदाशीन देखिनुभयो। त्यसका लागि अहिले पनि म छलफलमै छु । चार बजेपछि अनशन सुरु गर्छु ।’ उनले विराटनगरको देवकोटा चौकस्थित कोशी प्रदेश सभा परिसरमा अनशन बस्ने घोषणा गरेका छन् । आफ्नो माग पूरा नभएसम्म प्राण त्याग्न पनि तयार रहेको, तर अनशनबाट पछि नहट्ने कार्कीको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित