FLASH NEWS
  • Loading...

आज विश्व आत्महत्या रोकथाम दिवस

  • बागमती दैनिक
  • ३ महिना अघि
  • १२० पटक पढिएको
आज विश्व आत्महत्या रोकथाम दिवस

भाद्र २५, काठमाडौँ । सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस । ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ नाराका साथ जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

विश्वभर प्रतिवर्ष ८ लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने बताइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुन्छ । नेपालमा दैनिक सरदर २० जनाले आत्महत्या गर्ने गरेका छन् । नेपालमा आर्थिक वर्ष २०८०र८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेका थिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा।यदुचन्द्र घिमिरे आत्महत्याका को उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरूलाई निरन्तर निगरानीमा राख्नुपर्ने बताउँछन् ।

आत्महत्या बढ्दै गएपछि संसदीय समितिको निर्देशनअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक अस्पतालमा ११६६ नम्बरको हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित