FLASH NEWS
  • Loading...

आजदेखि तीन दिन अति भारी वर्षाको सम्भावना, सुदूर पश्चिमका ६ जिल्ला उच्च जोखिममा

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ४३ पटक पढिएको
आजदेखि तीन दिन अति भारी वर्षाको सम्भावना, सुदूर पश्चिमका ६ जिल्ला उच्च जोखिममा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताएको छ । हाल देशका पहाडी भूभागलगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही  स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालकेन्द्रित भीषण वर्षाको प्रक्षेपण गरिएको छ । भारतको मध्यप्रदेश क्षेत्रमा विकसित भएको न्यूनचापीय रेखा (हावाको चाप कम भएको क्षेत्र)का कारण पश्चिममा भीषण वर्षाको प्रक्षेपण गरिएको हो । विभागका अनुसार आज (बिहीबार) राति सुदूरपश्चिम प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधरणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबताससहित भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी  वर्षाको सम्भावना पनि छ ।

यसैबीच विभागले बुधबार अपराह्न विशेष मौसम बुलेटिन निकालेर आज साँझदेखि शनिबार बिहानसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित