FLASH NEWS
  • Loading...

दुई दिने ‘नेपाल पूर्वाधार सम्मेलन’ सुरु

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ४६ पटक पढिएको
दुई दिने ‘नेपाल पूर्वाधार सम्मेलन’ सुरु

भाद्र २७, काठमाडौँ । आजदेखि दुई दिने नेपाल पूर्वाधार सम्मेलन सुरु भएको छ । नेपाल उद्योग परिसंघको आयोजनामा विश्वका विभिन्नन मुलुकका प्रतिनिधिहरु सहभागी हुँदैछन् । सम्मेलनमा सडक, ऊर्जा, रेल, रियल इस्टेट, फोहोरमैला व्यवस्थापन तथा वातावरण, सूचना प्रविधि, व्यापारसहितका अन्य पूर्वाधारका क्षेत्रका विषयमा छलफल हुनेछ ।

बिहीबार ४ बजे उद्घाटन हुन लागेको सम्मेलनमा दक्षिण कोरिया, भारत, चीन, मलेसिया, थाइल्यान्ड लगायतका देशका प्रतिनिधिले सहभागीता जनाउँदैछन् । सम्मेलनमा नेपालले व्यहोरिरहेको पूर्वाधारको खाडल तथा यसलाई सम्बोधन गर्न आवश्यक लगानी जुटाउने विषयमा केन्द्रीत हुनेछ ।

पूर्वाधारमा सरकारले लिनुपर्ने नीति, पूर्वाधार फाइनान्सिङका नवीन अवधारणा तथा सार्वजनिक निजी साझेदारीमा पूर्वाधार विकासका विषय समेटिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित