- Loading...
रोजगार सेवा केन्द्र गजुरीको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
- बागमती दैनिक
- ३ महिना अघि
- ६७ पटक पढिएको
गजुरी । गाउँपालिकामा रोजगार सिर्जना कसरी गर्न सकिन्छ ? रोजगारीका लागी पालिकामा केकस्ता क्षेत्रहरु छन् ? भन्ने हेतुले आज एक दिने अन्तरक्रिया कार्यक्रम गजुरी गाउँपालिकामा सम्पन्न भएको छ । पालिकाले केकस्ता क्षेत्राधिकारभित्र रहेर रोजगार सिर्जना गर्न सक्छ भन्ने अभिप्रायका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
गजुरी गाउँपालिकाको रोजगार सेवा केन्द्रद्वारा आयोजित अन्तरक्रियाका सहभागीहरुले रोजगारी सिर्जनामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । विकास निर्माणलाई तीव्र रुपमा अगाडि बढाएमा रोजगारी सिर्जना हुने उनीहरुको भनाइ थियो ।
गजुरी गाउँपालिकामा रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताबीच पुलको काम गर्ने गरेको बताईएको छ । कार्यक्रमममा प्रमुख अतिथीका रुपमा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, बिशेष अतिथी प्रप्रस अधिकृत राजु अधिकारी रहनुभएको थियो ।
कार्यक्रममा स्थानिय तहमा रोजगारी कसरी सिर्जना गर्न सकिन्छ ? कुन कुन क्षेत्रमा कसरी रोजगारमुलक काम गर्न सकिन्छ भनेर छलफल तथा प्रशिक्षण दिईएको थियो । कार्यक्रममा गजुरी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष बद्री प्रसाद जमकट्टेलले रोजगारीको खोजीमा रोजगार सेवा केन्द्रमा आउने युवालाई रोजगारदातासित जोड्ने गरेको जानकारी दिनुभयो ।