- Loading...
‘तरकारीमा विषादीको अत्यधिक प्रयोग न्यूनीकरण गर्नुपर्छ’ : मन्त्री अधिकारी
- बागमती दैनिक
- ३ महिना अघि
- ४५ पटक पढिएको
असोज १, काठमाण्डौँ । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन् । काठमाडौँको बल्खु स्थित कृषि तथा तरकारी बजारको वार्षिकउत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन नआए सम्म राज्यले लिएका लक्ष्यहरु पुरा हुन सक्दैनन् भने ।
आफूले मन्त्रालयको जिम्मेवारी लिएदेखि किसानलाई मलको सहज व्यवस्था , दूध किसानको बक्यौता रकम भुक्तानीको लागि पहल गरको उल्लेख गर्दे मन्त्री अधिकारीले कृषि उपजको उत्पादन सँगै यसको बजारीकरणमा कुनै समस्या किसानले भोग्न नपरोस् भन्ने आफ्नो चाहना रहेको बताए ।
तरकारीमा विषादीको अत्यधिक प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दे मन्त्री अधिकारीले यसलाई न्यूनीकरण गर्न जरुरी रहेको बताए । विषादी न्यूनीकरणका लागि किसान दाजुभाइलाई मन्त्री अधिकारीले आग्रह पनि गरे । किसान र सम्बन्धित निकाय वीच निकटता भए मात्र किसानका समस्या समाधान हुने भएकाले यो खाडल पुर्न आफू लागेको मन्त्री अधिकारीले बताए ।
किसानको उत्पादन सहर सम्म ल्याई बिक्रीको व्यवस्था गर्नका लागि बल्खुको जस्तो धेरै कृषि बजारहरूको आवश्यकता रहेकोमा पनि मन्त्री अधिकारीले जोड दिए ।