FLASH NEWS
  • Loading...

अमेरिकी डलर घट्दा बढ्यो युरो र पाउन्ड, आज कुन मुद्राको विनिमय दर कति ?

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ९२ पटक पढिएको
अमेरिकी डलर घट्दा बढ्यो युरो र पाउन्ड, आज कुन मुद्राको विनिमय दर कति ?

असोज ४, काठमाडौँ । आज २०८१ असोज ४, सेप्टेम्बर २०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार नेपाली बजारमा अमेरिकन डलरको भाउ घटेको छ युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ ।

आज अमेरिकी डलर १ को खरिद दर १३३.६० रुपियाँ र बिक्री दर १३४.२० रुपियाँ तोकिएको छ । हिजो भने खरिद १३३.७१ रुपियाँ र बिक्री १३४.३१ रुपियाँ थियो ।

त्यस्तै, बिहीबार युरो १ बराबर १४८.७६ रुपियाँ खरिद र १४९.५५ रुपियाँ रहेकामा आज खरिद १४९.०७ रुपियाँ र बिक्री १४९.७४ रुपियाँ निर्धारण गरिएको छ ।
त्यसैगरी यसदिन पाउन्ड १ को खरिद मूल्य १७७.६९ रुपियाँ र बिक्री १७८.३९ रुपियाँ रहेको छ, जुन अघिल्लो कारोबार दिनमा खरिद १७६.६५ रुपियाँ र बिक्री १७७.४४ रुपियाँ थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित