FLASH NEWS
  • Loading...

पत्रकार महासंघको निर्वाचनबारे सर्वोच्चको कारण देखाऊ आदेश

  • बागमती दैनिक
  • २ महिना अघि
  • ८२ पटक पढिएको
पत्रकार महासंघको निर्वाचनबारे सर्वोच्चको कारण देखाऊ आदेश

असोज ७, काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसकेकोमा कारण देखाऊ आदेश जारी गरेको छ । पत्रकार महासंघलाई विपक्षी बनाएर ध्रुवप्रसाद चौलागाईंले दायर गरेको रिटमा न्यायाधीश कुमार रेग्मीको इजलासले समयमा निर्वाचन हुन नसक्नुको कारण माग गरेको हो ।

रिटमा चौलागाईंले वर्तमान कार्यसमितिले तोकिएको मितिमा चुनाव गराउन नसकेको भन्दै अब वैकल्पिक माध्यमबाट चुनाव गराएर संस्थालाई निकास दिन अन्तरिम आदेश माग गरेका छन् ।

वैकल्पिक माध्यमबाट ६ महिनाभित्र निर्वाचन गराउन मागेको अन्तरिम आदेश दिन भने सर्वोच्चले अस्वीकार गरेको छ । सर्वोच्चले समयमा निर्वाचन हुन नसक्नुको कारण लिखित रूपमा पेस गर्न आदेश जारी गरेको छ । रिटमा अघिल्लो वार्षिक साधारणसभामा सहभागी पुरानो सदस्यहरूलाई निर्वाचनमा सहभागी हुने व्यवस्था गर्न पनि आदेश माग गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित