FLASH NEWS
  • Loading...

आज न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा ६ न्यायाधीश नियुक्तिको तयारी

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ५४ पटक पढिएको
आज न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा ६ न्यायाधीश नियुक्तिको तयारी

असोज ८, काठमाडौँ । ४ न्यायाधीश रिक्त रहेको सर्वोच्च अदालतमा अबको एक महिनामा प्रधानन्यायाधीश र अर्का एक न्यायाधीश समेत अवकाशमा जाने भएपछि एकैपटक ६ न्यायाधीशको नियुक्तिको तयारी थालिएको छ ।

यसको लागि आज न्यायपरिषदको बैठक बस्दैछ । आजको न्यायपरिषद बैठकमा जिल्ला अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस भइसकेकाहरुविरुद्ध परेको उजुरीबारे पनि छलफल हुने बताइएको छ । हिजो पनि बसेको न्यायपरिषद बैठक आज पनि निरन्तर जारी राख्ने सहमति हिजै भएको थियो ।

सर्वोच्चका न्यायाधीश नियुक्तिका लागि न्यायपरिषदले सिफारिस गर्ने र संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ । न्यायपरिषद अध्यक्ष प्रधानन्यायाधीश स्वयं हुने अवस्थामा प्रधानन्यायाधीश नै अवकाशमा जान लागेपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा हुँदासम्म प्रक्रिया लम्बिन सक्ने भएकोले अहिल्यै नियुक्तिको विषय टुंग्याउन लागिएको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित