- Loading...
बक्यौता रकम छिटो भुक्तानी गर्न सरकारलाई निर्माण व्यवसायीको माग
- बागमती दैनिक
- २ महिना अघि
- ८५ पटक पढिएको
असोज ९, काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले आफूहरूले पाउनु पर्ने बक्यौता रकम छिटो भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले आज सिंहदरबार कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै बक्यौता रकम छिटो भुक्तानी गर्न ध्यानाकर्षण गराएको हो ।
राज्यबाट निर्माण व्यवसायीलाई यस आर्थिक वर्षमा भएको आशिंक भुक्तानी समेत यस आर्थिक वर्षको विनियोजित बजेटबाट मात्रै भएकाले अब यस वर्ष हुने थप निर्माण कार्यको समेत भुक्तानीमा समस्या हुन सक्नेतर्फ महासंघले सचेत गराएको छ । महासंघको ज्ञापन पत्र बुझदै कार्यवहाक प्रधानमन्त्री सिंहले निर्माण व्यवसायीहरूले धेरै अप्ठ्यारा चुनौतीहरूको सामना गर्नुपरेको भन्दै सरकारले समाधान गर्ने प्रतिवद्धता जनाए । निर्माण व्यवसायीलाई सहज वातावरण बनाउन आवश्यक परे ऐन नीतिहरूमा समेत परिमार्जन गर्ने उनको भनाइ छ ।