- Loading...
‘नेपाल शान्तिप्रक्रिया व्यवस्थापनको अन्तिम विन्दुमा छ’ : मन्त्री राणा
- बागमती दैनिक
- २ महिना अघि
- ५० पटक पढिएको
असोज ११, काठमाडौँ । परराष्ट्रमन्त्रीआरजु राणा देउवाले नेपाल आन्तरिक द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको तयारीमारहेको बताएकी छिन् । राष्ट्रसंघीय फोरम शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठक मन्त्री राणाले नेपालको संघीय संसदले हालै मात्रै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेक पारित गरेर पीडितमैत्री कानून बनाएको बताइन् ।
‘अहिलेको विश्वमा शान्ति निर्माणको प्रक्रिया एक जटिल विषय बन्दै गएको छ, दिगो र समाजको स्थायित्वका लागि द्वन्द्वको वास्तविक कारण पहिचान हुनुपर्छ’, उनले भनिन् ।
उनले आगामी वर्ष सन् २०२५ को शान्ति निर्माण प्रक्रियाको अवधारणा पुनर्मूल्यांन गरेर यसलाई दिगो र सक्षम तरिकाले अगाडि बढाउनुपर्ने बताइन् । मन्त्री राणाले शान्ति निर्माण कमिसनले रणनीतिक रुपमा सुरक्षा परिषद्, महासभा र इस्कोस जस्ता निकायसँग साझेदारी गरेर अगाडि बढनुपर्नेमा सुझाव दिइन् ।