FLASH NEWS
- Loading...
अमेरिकी, अस्ट्रेलियन र हङकङ डलर बढ्यो, आज कुन मुद्रा कतिमा साट्न पाइन्छ ?
- बागमती दैनिक
- २ महिना अघि
- ५४ पटक पढिएको
असोज ११, काठमाडौँ । आज २०८१ असोज ११, सेप्टेम्बर २७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन अमेरिकी, अस्ट्रेलियन र हङकङ डलरको सटही दर बढेको छ ।
आज अमेरिकी डलर १ को खरिद मूल्य १३४.५४ रुपियाँ र बिक्री मूल्य १३४.१४ रुपियाँ तोकिएको छ । हिजो भने खरिद १३३.६ रुपियाँ र बिक्री १३४.०६ रुपियाँ थियो ।
त्यस्तै, बिहीबार खरिद ९१.७२ रुपियाँ र बिक्री ९२.१३ रुपियाँ रहेको अस्ट्रेलियन डलर १ बराबर आज खरिद दर ९१.९१ रुपियाँ र बिक्री दर ९२.३२ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
साथै, शुक्रबारका लागि हङकङ डलर १ को खरिद दर १७.१६ रुपियाँ र बिक्री दर १७.२४ रुपियाँ तोकिएकामा अघिल्लो कारोबार दिनमा भने १७.१४ रुपियाँमा किन्न र १७.२२ रुपियाँमा बेच्न पाइन्थ्यो ।
प्रतिक्रिया दिनुहोस