FLASH NEWS
  • Loading...

उद्धार र राहत वितरणमा जुट्ने एमालेको निर्णय

  • बागमती दैनिक
  • २ महिना अघि
  • ८० पटक पढिएको
उद्धार र राहत वितरणमा जुट्ने एमालेको निर्णय

असोज १३, काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले अविरल वर्षापछिको बाढी र पहिरो पीडितको उद्धार र राहत विरतणको कार्यमा जुट्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रित कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले पीडितको उद्धार र राहतमा जुट्ने निर्णय गरेको हो ।

बैठकले पार्टीका कमिटीहरूलाई डुबान र पहिरो पीडितको उद्धार र राहतमा लगाउने निर्णय गरेको हो । पीडितको पक्षमा प्रभावकारी काम गर्न पनि पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ । एमालेले आगामी १६ असोजसम्म शुभकामना आदानप्रादनहरु स्थगित गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित