- Loading...
दुई संसदीय समितिको बैठक बस्दै, प्रधानन्यायाधीश र प्रस्तावित राजदूतबारे छलफल
- बागमती दैनिक
- २ महिना अघि
- ६२ पटक पढिएको
|संसदीय सुनुवाइ समितिको बैठक काठमाडौँ, ७ असोजः संसदीय सुनुवाइ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा सहभागीहरू । तस्बिरः रत्न श्रेष्ठ÷रासस
काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जस अन्तगर्त दिउँसो १ बजे संसदीय सुनुवाइ समितिको संयुक्त बैठक बोलाइएको छ । बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने, नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गर्ने र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रारम्भ गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
त्यसैगरी विधायन व्यवस्थापन समितिको बैठक पनि आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुने बताइएको छ ।