FLASH NEWS
  • Loading...

कोरोना संक्रमणको जोखिम बढेको भन्दै खोप अभियान सुरू

  • बागमती दैनिक
  • २ महिना अघि
  • ६० पटक पढिएको
कोरोना संक्रमणको जोखिम बढेको भन्दै खोप अभियान सुरू

असोज १६, काठमाडौँ । सरकारले कोरोना संक्रमणको जोखिम बढेको भन्दै खोप अभियान सुरू गरेको छ ।
परिवार कल्याण महाशाखाका अनुसार पछिल्ला दिनमा स्थानीय तहमा कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरिरहेका छन् ।

बेलायत, अमेरिका लगायतका युरोपेलि मुलकमा ओमिक्रोनको सबभेरियन्ट एक्सइसीले संक्रमण, भर्ना र मृत्युदर बढाइरहेको छ । नेपालमा पनि जोखिम कायम नै छ । त्यसैलाई मध्यनजर गर्दै सरकारले स्थानीय तहमा मागअनुसार खोप उपलब्ध गराउँदै अभियान सञ्चालन गरेको हो ।

धनगढी उप महानगरपालिकाले आजदेखि खोप अभियान सुरू गरेको छ । जसमा १२ बर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई खोप दिनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित