FLASH NEWS
  • Loading...

पूर्वाधार विकास समितिको बैठक बस्दै

  • बागमती दैनिक
  • २ महिना अघि
  • ४७ पटक पढिएको
पूर्वाधार विकास समितिको बैठक बस्दै

असोज १८, काठमाण्डौँ । संसद्को पूर्वाधार विकास समितिको बैठक शुक्रबार बस्दैछ। बिहान ११ बजे पूर्वाधार विकास समितिको हल सिंहदरबारमा बस्ने बैठकमा भौतिक पूर्वाधार तथा यातायात र ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा बाढी पहिरोले पुर्‍याएको क्षतिका सम्बन्धमा छलफल हुनेछ ।

गत असोज ११ र १२ गते अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी राष्ट्रिय राजमार्गहरूका साथै २६ वटा ठूला जलविद्युत् आयोजनामा क्षति भएको छ । भत्किएका सडक र पुलको पुन स्थापना गर्न मात्रै २५ अर्ब लाग्ने अनुमान गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित