- Loading...
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु, विराटनगर भन्सार परिसर तनावग्रस्त
- बागमती दैनिक
- २ महिना अघि
- ५५ पटक पढिएको
असोज १८, विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१८ स्थित विराटनगर भन्सार कार्यालय आईसीपी परिसर तनावग्रस्त बनेको छ । भन्सार कार्यालय जाने सडकमा दुर्घटना भएर साइकल यात्रीको मृत्यु भएको विषयलाई लिएर स्थानीय ढुङ्गामुढामा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको हो ।
आक्रोशित भिडले भन्सार कार्यालयलाई लक्षित गरेर ढुंगामुढा गरेको छ । भन्सार कार्यालय तोडफोडको प्रयासपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले १० शेल अश्रुग्यास प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।
उनका अनुसार विराटनगर–१८ स्थित आईसीपी रोडमा ट्रकको ठक्करबाट बिहीबार साँझ १ जना साइकलयात्रीको मृत्यु भएको थियो । ट्रकको ठक्करबाट विराटनगर–१८ लवाघाटका ६० वर्षीय श्याम साहको मृत्यु भएको हो । विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साहलाई साँझ पौने ७ बजेतिर ठक्कर दिएको थियो ।