FLASH NEWS
- Loading...
धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित
- बागमती दैनिक
- २ महिना अघि
- ६८ पटक पढिएको
असोज १८, काठमाण्डौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उनी अस्वस्थ्य भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म अन्तर्वार्ता स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकमध्ये सर्टलिस्ट सूचीमा समावेश भएका पाँचमध्ये तीन जना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता दिने कार्यक्रम थियो ।
यसअघि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति दिन अनुपस्थित भएपछि सार्वजनिक सूचनामार्फत् तीन जना उम्मेदवारलाई बोलाइएको थियो । तर, सिफारिस समितिका संयोजक डा अधिकारी बिरामी भएपछि अन्तर्वार्ता स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस