FLASH NEWS
- Loading...
दोस्रो र तेस्रो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न
- बागमती दैनिक
- २ महिना अघि
- १४० पटक पढिएको
मिति 14 सेप्टेम्बर 2022
“नेपाली कला संस्कृति हाम्रो पहिचान,संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान”भन्ने मूल नाराका साथ कोबिड 19 को महामारी रोगका कारणले स्थगित दोस्रो जिनियस म्युजिक अवार्ड 2076 र तेस्रो 2077 जिनियस म्युजिक अवार्ड एक साथ 2022 मा सम्पन्न गरिएको छ। सस्कृति,पर्यटन तथा उड्डयनमन्त्री जीबराम श्रेष्ठको प्रमुख आतिथ्य तथा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाको विशिस्ट आतिथ्यमा सम्पन्न अवार्ड कार्यक्रममा शम्भुजित बाँस्कोटा, राजु सिंह,सुरेश अधिकारी र यूवा संगीतकार अर्जुन पोखरेलले अवार्डको निर्णायकको भूमिका निर्बाह गर्नु भएको थियो।
कार्यक्रममा गीतकार तथा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.भोला रिजाललाई नगद रु 25 हजार सहित दीर्घ साधना सम्मान प्रदान गरिएको छ तेस्तै वरिष्ठ तवला बाधक कुमार महाराज थापालाई रजत सम्मान र संचारकर्मीद्वाय सानुकाजी श्रेष्ठ र राजेन्द्र लुईटेललाई जनही 15/15 हजार नगद सहित पत्रकारिता सम्मान प्रदान गरियो। उक्त समारोहमा वरिष्ठ समाजसेवी एवं राजनीतिज्ञ गोपाल न्यौपाने,वरिष्ठ,संगीतकार वसन्त सापकोटा,राजनीतिज्ञ सरिता दाहाल,गीतकार शान्ति प्रीय,कलाकार सुबास गजुरेल,वरिष्ठ नृत्य निर्देशक कमल राई लगायत थुप्रै बिशिस्ट ब्यत्तिहरुको उपस्थिति रहेको थियोे। डा. रिजाल र संचारकर्मी लुइँटेलले आफुले प्राप्त गरेको नगद पुरस्कार अर्का सम्मानित ब्याक्तित्व समाजसेवी एवं मानव सेवा आश्रमकी संरक्षक राधिका शाक्यलाई हस्तान्तरण गरेका थिए।
अन्य सम्मानित हुने ब्यक्तित्वहरुमा समाजसेवी राधिका शाक्य,नृत्य निर्देशक आजय कुमार बिष्ट,मोडल तथा कोरियोग्राफर कृष्ण रसाल,एरेन्जर संगीतकार राजेन्द्र बजगाई,गायिका मन्जु थापा,मोडल तथा समाजसेवी ज्ञानेन्द्र बहादुर खड्का,साहित्यकार भिस्मराज खुलरा,मोडल प्रकाश श्रेष्ठ,निर्देशक टेक बहादुर लामा,वरिष्ठ समाजसेवी शान्ता शर्मा ,बाल प्रतिभाद्वय शान्ती खतिवडा र निर्जला लम्साल रहेका छन्।
एक दशकभन्दा लामो समयदेखी गीत संगीत क्षेत्रमा सक्रिय संस्था जिनियस प्रा.लि ले आफ्नो कम्पनीको बार्शिकोत्सबको अवसरमा नेपाली गीतसंगीत क्षेत्रका लोकप्रीय श्रस्टाहरु र अन्य सामाजिक क्षेत्रमा सक्रिय ब्याक्तित्वहरुलाई जिनियस म्युजिक अवार्डको कोभिड 19 को महामारी सरुवा रोगको कारणले स्थगित दोस्रो संस्करण 2076 र तेस्रो संस्करण 2077को 2079 मा अवार्ड र सम्मान बाट पुरस्कृत गरिएको जिनियस म्युजिक प्रा.लि. का अध्यक्ष रमेश पाठकले बताउनु भयो। दोस्रो जिनियस म्युजिक अवार्ड 2076(16 बिधामा प्रदान गरिएको थियो।
अवार्ड बिजेताको नाम र अवार्डेट गीत र बोलहरु
1.सर्वोत्कृष्ट शब्द लेखन(लोकदोहोरी) सुभाष बोगटी (झुटो मायाँ तिम्रो)
2.सर्वोत्कृष्ट लय (लोकदोहोरी) प्रसाद लामिछाने(पानी हल्काले)
3.सर्वोत्कृष्ट संगीत संयोजक (लोकदोहोरी) राजु खड्का(पर्देशीलाई रुवाउने)
4.सर्वोत्कृष्ट गायक(लोकदोहोरी) आलिफ खान(मयूरको कल्की) पब्लिक च्वाईस(लोकदोहोरी) राजु परियार( फुलि नाकैमा)
5.सर्वोत्कृष्ट गायक (सेलो) उत्सब सुब्बा लामा(रनन रन्किने)
6.सर्वोत्कृष्ट निर्देशक(लोकदोहोरी) निशान बानियाँ( माकुरीली जाल बुनेको) गायक जुरी अवार्ड(लोकदोहोरी) मिलन श्रेष्ठ(बुट्टे चोली) गायक पब्लिकच्वाईस (आधुनिक) दिपेन्द्र तिमल्सिना(पिलीपिली जुनकीरी)
7.सर्वोत्कृष्ट मोडल पुरुष (लोकदोहोरी) सुरेन्द्र लामिछाने( पानी छल्काले)
8.सर्वोत्कृष्ट गीतकार(आधुनिक) माधव निर्दोष( आत्मीयता)
9.सर्वोत्कृष्ट संगीतकार(आधुनिक) योगेन्द्र उपाध्याय( जुन हौ तिमी)
10.सर्वोत्कृष्ट गायक(आधुनिक) सबिन लिम्बु(जति बिर्सु भने पनि)
11.सर्वोत्कृष्ट गायक(लोकपप) तिलक बस्नेत( रनभुल्ल)
12.सर्वोत्कृष्ट साउन्ड मिक्सिङ मनोज परियार(बिर्सिदेउ) पब्लिक च्वाईस(मिक्सिङ) नरेन्द्र बियोगी( के गर्ने के गर्ने)
13.सर्वोत्कृष्ट भिडियो सम्पादक दिलसन शाह( मनको कुरा)
14.सर्वोत्कृष्ट युगल गायन(आधुनिक) मेलिना राई आशिष”सचिन”( एककान दुईकान)
15.सर्वोत्कृष्ट गायक(पप) सुरज शाही ठकुरी(बन्धकी)
16.सर्वोत्कृष्ट गायक(लोक आधुनिक) कृति तामाङ(नम्बरी सुन) बोलको गीतबाट अवार्ड हात पार्दै सम्मानित भएका छन्। तेसै गरि 2077को जिनियस म्युजिक अवार्ड 36 बिधामा नेपाली गीत संगीत क्षेत्रमा योगदान दिने ब्यक्तित्वहरुलाई प्रदान गरिएको छ।
प्रतिक्रिया दिनुहोस