FLASH NEWS
  • Loading...

आज शनिबार, शनिदेवको पूजा कसरी गर्ने ?

  • बागमती दैनिक
  • २ महिना अघि
  • ६० पटक पढिएको
आज शनिबार, शनिदेवको पूजा कसरी गर्ने ?

असोज १९, काठमाडौं । आज २०८१ साल असोज १९ गते शनिबार तदनुसार सन् २०२४ अक्टोबर ५ तारिख । असोज शुक्ल पक्षको तृतीया तिथि । नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आरधना गरिन्छ । आज विश्व शिक्षक दिवस ।

शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ ।

शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ । शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन् । शनी भगवान सूर्यका पुत्र हुन्। उनमा आमाको छाया छ। यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन् ।

जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ। उसको सम्मान गर्नुपर्दछ । शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ । हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ । पिपलमा पानी हाल्दा फल पक्कै मिल्नेछ। शनिबार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ ।

हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस् । तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालीसाको पाठ गर्दा राम्रो हुने हिन्दु धर्मशास्त्रमा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित