FLASH NEWS
- Loading...
मेक्सिकन सेनाले गोली प्रहार गरेको बसमा ११ नेपाली रहेको पुष्टि
- बागमती दैनिक
- २ महिना अघि
- ७२ पटक पढिएको
असोज १९, काठमाडौँ । मेक्सिको(ग्वाटेमाला सीमा नजिक मेक्सिकोको सीमा बलले गोली हानेको बसमा ११ जना नेपाली रहेको पुष्टि भएको छ ।
ती मध्ये ३ जनाको घाइते अवस्थामा उपचार भइरहेको छ । ११ जनानै मेक्सिको अध्यागमनको हिरासतमा रहेको बासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ । घटनामा कुनै पनि नेपालीको मृत्यु भएको छैन । नेपालीसहित ३३ आप्रवासी चढेको ट्रकमा मेक्सिकन सेनाले गोली हानेको थियोे ।
उक्त घटनामा ६ जनाको ज्यान गएको थियो । मंगलबार साँझ ग्वाटेमालासँगको सीमाबाट करिब ४० किलोमिटर उत्तरमा भएको घटनामा थप १० घाइते भएको मेक्सिकोको रक्षा मन्त्रालयले जनाएको छ ।
ट्रकमा नेपालसहित भारत, पाकिस्तान, इजिप्ट, क्यूबा र अरबी नागरिक सवार थिए । मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार आक्रमणमा मारिएकामध्ये ४ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा ज्यान गएको हो ।
प्रतिक्रिया दिनुहोस