FLASH NEWS
- Loading...
बाढी–पहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको सञ्चारमन्त्री गुरूङको भनाई
- बागमती दैनिक
- २ महिना अघि
- ७६ पटक पढिएको
|सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ शुक्रबार ललितपुरको जावलाखेलमा रहेको नेपाल टेलिकमको कार्यलयमा टेलिकमको नेटवर्क सञ्चालन प्रणाली तथा नेपाल टेलिकमको सेवा प्रवाहको निरीक्षण पश्चात निर्देशन दिँदै । तस्बिर : हरिराम भेटुवाल/रासस
असोज १९, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बाढी–पहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको बताएका छन् ।
फास्ट फुड एशोसिएसन नेपालले आज यहाँ आयोजना गरेको ‘कर प्रशिक्षण’ कार्यक्रममा उनले चाडपर्व प्रारम्भ हुन लागेका बेला बाढी पहिरोबाट देश र जनताले भोग्नुपरेको अकल्पनीय परिस्थितिप्रति सरकार संवेदनशील रहेको तथा पीडितलाई राज्यका निकायबाट सक्दो सहयोग गर्नुपर्छ भन्नेमा कसैको विमति नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस