FLASH NEWS
  • Loading...

प्रधानन्यायाधीश राउतले आज शपथ लिँदै, डेढ वर्ष न्यायालय हाँक्ने

  • बागमती दैनिक
  • २ महिना अघि
  • ७५ पटक पढिएको
प्रधानन्यायाधीश राउतले आज शपथ लिँदै, डेढ वर्ष न्यायालय हाँक्ने

असोज २०, काठमाडौँ । नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको शपथ आज हुने भएको छ । राष्ट्रपति भवनमा आज १:३० बजे राष्ट्रपतिको शपथ समारोह राखिएको शीतलनिवासले जनाएको छ । राउत नियुक्त भएको पत्र शुक्रवार प्राप्त भई आइतबार शपथ ग्रहण हुने भएको हो ।

सर्वोच्च अदालतसहित देशभका अदालतमा घटस्थापनाकै दिनदेखि दसैँ बिदा दिइसकिएको छ । बन्दी प्रत्यक्षीकरणका निवेदन हेर्नका लागि भने निश्चित न्यायाधीश र कर्मचारी तोकिएको छ । बिदाकै दिन भए पनि आज राउतले पदभार ग्रहण गर्न लागेका हुन् ।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गए राति १२ बजेबाट ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि सर्वोच्च अदालतले वेबसाइटबाट उनको तस्बिर हटाएको छ । राउत प्रधानन्यायाधीश नियुक्त भएपछि उनको निवासमा बधाई र शुभकामना दिनेहरूको भिडभाड छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित