FLASH NEWS
  • Loading...

गजुरी-८ का टेक बहादुरले ६८ बर्षमा बल्ल पाए नेपाली नागरिकता !

  • बागमती दैनिक
  • १ महिना अघि
  • ११६ पटक पढिएको
गजुरी-८ का टेक बहादुरले ६८ बर्षमा बल्ल पाए नेपाली नागरिकता !

गजुरी । नेपालको संविधानअनुसार नेपाली नागरिकले जन्मेको १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाउने व्यवस्था छ । तर, धादिङ गजुरी गाउँपालिका-८ कटुन्जेका टेक बहाहदुर खत्रीले ६८ वर्षमा बल्ल नागरिकताको प्रमाणपत्र पाएका छन् ।

नागरिकता चाहिन्छ भन्नेपनि थाहा नभएका उनले जन्मेको ६८ वर्षपछि बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएका हुन् । २०१३ साल मंसिर १५ गते जन्मिएका उनले सोमबार जिल्ला प्रशासन कार्यालय धादिङबाट वंशजको आधारमा नेपाली नागरिकता पाए । लामो समय घरभन्दा बाहिरै रहेर जीविका चलाउँदै आएका वृद्धले वडा नम्बर-८ का अध्यक्ष देवराज ओझाको बिशेष पहलमा नागरिकता पाएका हुन् ।

उनलाई नागरिकता बनाइ दिन परिवारका अन्य सदस्यहरूले बेलैमा पहल नगरिदिँदा ढिलाइ भएको वडाध्यक्ष ओझा बताउनुहुन्छ । ‘परिवार र वडाका अघिल्ला जनप्रतिनिधिहरूले नागरिकता बनाउन तदारुकता नदेखाउँदा समस्या भएको हो, उनले थपे-‘अब उहाँले नागरिकता पाउनुभएको छ हामी पनि खुसि छौँ ।’

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट समेत बञ्चित हुनुपर्छ । अब भने भत्ता पाउने उमेर भएपछि पनि सजिलो हुने टेक बहादुर खत्री बताउँछन् ।

वडा अध्यक्ष देवराज ओझा भन्छन्-‘समयमा नेपाली नागरिकता, राष्ट्रिय परिचय–पत्र, सामाजिक सुरक्षाभत्ता नपाउनु दुःखको कुरा हो ।’ हामीले त्यस्ता व्यक्तिहरू, अपांग, अशक्तहरूलाई लक्षित गर्दै गाउँगाउँमै पुगेर सुविधा दिने तयारीसमेत गरेका छौं,’ ।’

समाजमा नागरिकता, राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा भत्ताका विषयमा जनचेतना कमी हुँदा र स्थानीय जनप्रतिनिधिहरूमा आफ्ना वडाका नागरिकको अवस्थाका बारेमा जानकारी नहुँदा पनि यस्तो समस्या रहिरहने गरेको अध्यक्ष ओझाको भनाइ छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित