FLASH NEWS
- Loading...
१० महिनादेखि अध्यक्ष बिहीन धितोपत्र बोर्डले तत्काल अध्यक्ष नपाउने
- बागमती दैनिक
- १ महिना अघि
- ६१ पटक पढिएको
कार्तिक ७, काठमाडौँ । धितोपत्र बोर्डले तत्काल अध्यक्ष नपाउने भएको छ । विगत १० महिनादेखि अध्यक्ष बिहीन भएको बोर्डले कात्तिक दोस्रो सातासम्म अध्यक्ष नपाउने निश्चित भएको छ । गत पुस २२ गते बोर्डका तत्कालिन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि बोर्ड अध्यक्ष बिहीन बनेको छ । अहिले बोर्ड अर्थमन्त्रालयका प्रतिनिधिको भरमा चलेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको वार्षिक बैठकमा भाग लिन सोमबार राति अमेरिकाको वासिङटन डिसीतर्फ गएका छन् । मन्त्री पौडेल कात्तिक दोस्रो साता मात्रै स्वेदश फर्किने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस