कार्तिक ७, काठमाडौँ । आज २०८१ साल कात्तिक ७ गते बुधबार, तदनुसार सन् २०२४ अक्टोबर २३ तारिख । कात्तिक कृष्ण पक्षको पष्ठी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
वृष : राम्रो बोले पनि साथीले गलत व्याख्या गर्नसक्छन्। विदेशी लगानीका क्षेत्रबाट फाइदा हुने योग छ। राजनीतिक संगठनमा सहकार्य नगर्नु राम्रो हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ।
मिथुन : दिन राम्रो छ। साथीले प्रशंसा गर्नेछन्। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। रोगको समयमै उपचार नगरेमा गम्भीर रुप लिनसक्ने देखिन्छ। परिवारमा मेलमिलाप हुनेछ।
कर्कट : अढैया शनिदेव प्रतिकुल भएकाले बिहानै शिवको भजन सुन्नुभएमा फाइदा हुनेछ। तपाईंले सोचेका काम बन्नेछन्। उपचारकोक्रममा भए रोगको पहिचान हुनेछ। परिवारले राम्रो साथ र सहयोग दिने योग छ।
सिंह : श्रमको प्रतिफल प्राप्त हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारमा निर्भर हुँदा धोका हुनसक्छ। कर्तव्य मात्र पुरा गर्नु अवश्यक देखिन्छ। नियमित औषधी सेवन गरेमा रोगबाट मुक्ति मिल्नेछ।
कन्या : लगानी गरेको भए राम्रो प्रतिफल मिल्नेछ। साथीको सहयोग प्राप्त हुनेछ। सोचेका काम बन्नेछन्। रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ। परिवारले राम्रो रेखदेख गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
तुला : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।
लगानीका क्षेत्रमध्ये विदेशले मन तान्नेछ। शिक्षाको क्षेत्रमा अल्छीपन बढ्ने जोखिम छ। विपक्षी शान्त रहेकाले काम गर्न सहज हुनेछ। परिवारको तर्फबाट रचनात्मक साथ मिल्नेछ।
वृश्चिक : उदयशुक्र आफ्नै राशिमा रहेकाले समाजमा तपाईंको बोलीको प्रभाव पर्नेछ। सानो कुराले मन कमजोर हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।
धनु : उच्च स्थानमा चन्द्रमा र मंगल ग्रह बसेका छन्। राज्यका अंगबाट तपाईंलाई साथ र सहयोग मिल्नेछ। स्वदेश तथा विदेशमा तपाईंको प्रशंसा हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु फाइदाजनक हुनेछ।
मकर : अन्त्य साढेसाती शनिदशा चल्दैछ। अनुत्पादक क्षेत्रमा धन खर्च हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ। साथीभाइ र दाजुभाइले राम्रो साथ दिएकाले राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या हुनसक्छ।
कुम्भ : आफ्नै राशिमा शनिदेव पुगेका छन्। साना कुरामा झन्झट र रिस बढ्नसक्छ। बिहानै उठेर शिवको भजन सुनेमा मन शान्त बन्नेछ। शनिदेव सकारात्मक भए तपाईंको दिन राम्रो बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट मनमा उत्साह बढ्नेछ। बौद्धिक कुराको प्रभाव बढ्नेछ।
मीन : खानपानमा समस्या हुनसक्छ। रोगले सताउने जोखिम देखिन्छ। आध्य शनिदेवलाई खुशी पार्न गणेशलाई दूबो चढाएमा दिन शान्त बन्नेछ। परिवारसँग खुशीका साथ दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।