FLASH NEWS
- Loading...
विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग खेल्दै नेपाल
- बागमती दैनिक
- १ महिना अघि
- ६६ पटक पढिएको
कार्तिक १३, काठमाण्डौँ । आइसिसी विश्वकप लिग-२ मा आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ । अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशामा मंगलबार बेलुका सवा ९ बजे नेपालले स्कटल्याण्डसँग खेल्नेछ ।
नेपालले आज खेल्न लागेको लिग २ को दसौं खेल हो । अहिलेसम्म खेलिसकेको ९ खेलमध्ये ८ खेलमा नेपाल पराजित भएको छ । नेदरल्याण्ड्सलाई गत फेब्रुअरीमा ९ विकेटले पराजित गरेको थियो। त्यसयता लिग २ को खेलमा नेपाल जितबिहीन छ ।
लिग २ खेल्ने आठ देशमध्ये नेपाल अंकतालिकामा सातौं स्थानमा छ । अमेरिका र स्कटल्याण्डसँग त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले २८६ रन बनाउँदा पनि आइतबार पराजित हुन पुगेको थियो । स्कटल्याण्डसँग पछिल्लो पाँच भेटमा नेपालले २ जित र ३ हारको नतिजा निकालेको छ ।
प्रतिक्रिया दिनुहोस