FLASH NEWS
- Loading...
एकै दिन २२ सयले बढ्यो सुनको भाउ, एक तोला किन्न कति पर्छ मूल्य ?
- बागमती दैनिक
- १ महिना अघि
- ७६ पटक पढिएको
कार्तिक १४, काठमाडौँ । नेपाली बजारमा सुनको भाउ एकै दिन २२ सय रुपैंयाँले बढेर अहिलेसम्मकै महँगो रेकर्ड बनाएको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम थियो । महासंघका अनुसार बिहीबार कायम भएको नयाँ मूल्य हालसम्मकै उच्च हो । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दै आएको छ ।
महासंघका अनुसार बुधबार छापावाल सुन प्रति १० ग्राम १ लाख ४६ हजार ३५० रुपैयाँ कायम भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा २ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ बढेर दुई हजार १२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस