FLASH NEWS
- Loading...
‘तिहारमा लोडसेडिङ हुँदैन’ : कुलमान घिसिङ
- बागमती दैनिक
- १ महिना अघि
- ५५ पटक पढिएको
कार्तिक १५, काठमाण्डौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरै भन्दा धेरै विद्युत् खपत गर्न आग्रह गरेका छन् ।
कार्यकारी निर्देशक घिसिङले विद्युत् खपतको लागि पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताएका हुन् । उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने बताए । उनले यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत् उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत् आयात गर्नुपर्ने अवस्था नरहेको बताए ।
उनले सकेसम्म तिहारमा विद्युत् पुर्याएर निर्यात समेत गर्न पुग्ने विद्युत् प्राधिकरणसँग रहेको बताए । घिसिङले असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको बताए ।
प्रतिक्रिया दिनुहोस