FLASH NEWS
  • Loading...

एसपी र इन्स्पेक्टर मुछिएको ‘हनी ट्रयाप’ प्रकरणको अनुसन्धान गर्दै सीआइबी

  • बागमती दैनिक
  • १ महिना अघि
  • ४५ पटक पढिएको
एसपी र इन्स्पेक्टर मुछिएको ‘हनी ट्रयाप’ प्रकरणको अनुसन्धान गर्दै सीआइबी

कार्तिक २२, काडमाडौँ । ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक बिनुकुमारी शाही मुछिएको ‘हनी ट्रयाप’ प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गर्न थालेको छ । नेपाल प्रहरीका एसपी कमल थापामाथि समेत अनुसन्धान गर्नुपर्ने देखिएपछि प्रहरी प्रधान कार्यालयले थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिएको हो ।

एक व्यापारीलाई बलात्कार मुद्दामा फसाई दिने भन्दै ३० लाख असुली गरेको घटनामा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गर्न सीआइबीलाई जिम्मा दिएको हो । अनुसन्धानका लागि पक्राउ परेका चारै जना व्यक्तिहरू र मिसिल बुधबार नै पठाइसकिएको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए ।

आरोपी इस्लामको समूहले एक जना युवती प्रयोग गरेर पूर्वका व्यवसायीसँग बलात्कारको मुद्दा लगाइ दिने भन्दै बार्गेनिङ गरेको थियो । प्रहरी समेतको उपस्थितिमा ६० लाख रुपैयाँबाट बार्गेनिङ सुरु भए पनि अन्तिममा ३० लाखमा सहमति गरेको अनुसन्धानबाट खुलेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित