FLASH NEWS
  • Loading...

विश्व जलवायु सम्मेलन (कोप-२९) आजबाट सुरु, कोपका मुख्य छ एजेण्डाहरु के-के छन् ?

  • बागमती दैनिक
  • १ महिना अघि
  • ५१ पटक पढिएको
विश्व जलवायु सम्मेलन (कोप-२९) आजबाट सुरु, कोपका मुख्य छ एजेण्डाहरु के-के छन् ?

कार्तिक २६, काठमाण्डौँ । नेपालले आगामी विश्व जलवायु सम्मेलन कोप-२९ आजबाट सुरु भएको छ ।
सरोकारवाला मन्त्रालयका सचिव र प्रतिनिधिहरूले जलवायु परिवर्तनबारे उठाउनुपर्ने महत्वपूर्ण एजेण्डाहरूको तयारी भइरहेको जनाउँदै, सम्मेलनमा सशक्त प्रस्तुति आवश्यक भएको समेत बताएका थिए ।

अर्थ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जलवायु परिवर्तनका कारण नेपालले भोगेको क्षतिको तथ्यगत विवरण प्रस्तुत गर्ने र प्रभावितलाई परेको असर भावनात्मक तरिकामा उठाउन विशेष तयारी गरिएको जानकारी दिए ।

उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायलाई सशक्त रूपमा अवगत गराउनुपर्नेमा जोड दिंदै नेपालले अनुदानमा ध्यान केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरे ।

कोपका मुख्य छ एजेण्डा

जलवायुजन्य जोखिम न्यूनीकरण गर्न र मुलुकको समग्र हितका लागि सरकारले मुख्य छ वटा एजेण्डालाई उच्च प्राथमिता दिएर नेपाली प्रतिनिधिहरु कोपमा उपस्थित भइसकेका छन् । वन तथा वातावरण मन्त्रालयका अनुसार जलवायु वित्त, जलवायुजन्य हानी नोक्सानी, न्यूनीकरण कार्बन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा प्रविधि र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, समावेशिताको छ वटा विषयगत कार्यपत्र तयार भएको जानकारी दिएको छ ।

“नेपालको राष्ट्रिय स्थितिपत्र पनि तयार गरी कोपमा ल्याइसकेका छौँ, यसमा राष्ट्रिय अवधारणपत्र, जलवायु अनुकूलन, जलवायु वित्त, कृषि र खाद्य प्रणाली, स्वास्थ्य र जलवायु परिवर्तन, ऊर्जा सङ्क्रमण र दक्षता, पानी र जलवायुजन्य कार्य, जलवायुको लागि प्रकृतिलगायत विषयवस्तुहरु समावेश गरिएको छ”, मन्त्रालयका सहसचिव डा. बुद्धि पौडेलले भने।

गत वर्ष युएइको दुबईमा भएको कोप-२८ मा स्थापना गरिएको जलवायुजन्य हानी-नोक्सानीसम्बन्धी कोषको प्रभावकारी कार्यान्वयनका लागि दबाब दिने तयारी भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित