FLASH NEWS
  • Loading...

आगामी उपनिर्वाचनमा साँठगाँठ नगर्ने माओवादी केन्द्रको निर्णय, उम्मेदवारको नाम अनुमोदन

  • बागमती दैनिक
  • १ महिना अघि
  • ३४ पटक पढिएको
आगामी उपनिर्वाचनमा साँठगाँठ नगर्ने माओवादी केन्द्रको निर्णय, उम्मेदवारको नाम अनुमोदन

कार्तिक २६, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । आज बसेको पार्टी पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

यद्यपि आवश्यकताअनुसार केही स्थानमा भने विपक्षी मोर्चामा रहेका केही दलसँग तालमेल भने गर्न सकिने ढोका खुलै राखिएको उनले जानकारी दिए । उपनिर्वाचन यही मंसिर १६ गते ४४ पदमा हुँदैछ । माओवादी केन्द्रले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सिफारिस भइ आएका उम्मेदबारको नाम अनुमोदन गरेको छ । बैठकले तल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाले उपनिर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई जिताउनका लागि एकतावद्ध भएर पहल कदमीका लागि नेता तथा कार्यकर्ताहरूलाई अपिल गर्ने निर्णय भएको उनले बताए । यस्तै उपनिर्वाचनमा जित आफ्नो पक्षमा पार्न योजना तथा कार्यक्रम बनाएको उनले बताए । बैठकले पार्टीको अघिल्लो निर्णयअनुसार आगामी मंसिरमा पालिका सम्मेलन र खबरदारी कार्यक्रम गर्ने निर्णय भएको उनको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित